मुख्य समाचार

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छः शम्भु थापा

काठमाडौँ, १ मंसिर । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको पक्षमा विज्ञप्ति निकाल्ने संवैधानिक आयोगकका पदाधिकारीहरुलाई संसद् छलेर नियुक्त भएकाहरुले आफूहरुलाई सल्लाह दिने भन्दै प्रश्न गरेका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको प्रतिक्रिया दिएका छन् । बुधवार नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा भएको धर्ना कार्यक्रमपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् । उनले अब सरकार र प्रतिपक्षले नयाँ नियुक्ति गर्नुपर्ने भन्दै यसैका लागि आफूहरुले दवाव दिइरहेको बताए ।


advertisement

थापाले मंगलबारदेखि इजलासमा बसेका ४ जना न्यायाधीशहरुलाई पनि प्रश्न गरेका छन् । उनले पहिला न्यायाधीशहरु आफैंले इजलासमा नबसेको स्मरण गराउँदै भने, ‘पहिला तपाईंहरुले इजलास बन्द किन गरेको ? बार त ४ दिनपछि आन्दोलनमा आएको हो नि ! ‘ प्रधानन्यायाधीश जबरलाई पाँच दलीय गठबन्धन र विपक्षी दलले महाभियोग लगाउनुपर्ने उनले बताए ।

सर्वोच्च अदालतमा घूस लिएर मात्रै न्यायाधीशहरुले फैसला गर्ने गरेको उनले बताए । उनले आफूहरुको आन्दोलन घूसविरुद्धको आन्दोलन भएको बताए । ‘सवाग्राहीलाई मेरो अनुरोध, तपाईंको फैसलामा यहाँ घूस खान्छन् । त्यो घूसविरूद्व हाम्रो आन्दोलन हो, ‘ उनले भने ।

अधिवक्ता थापाले अहिले प्रधानन्यायाधीशको सिट खाली भएको बताउँदै दलहरूलाई समेत प्रश्न गर्दै भने,’ तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि समाजिकीकरण पक्षमा, समग्र समस्या समाधानको पक्षमा हो ? ‘

स्वास्थ्य
%d bloggers like this: