राजनीति

अर्घाखाँची कांग्रेस जिल्ला सभापतिमा युवा नेता केशव श्रेष्ठ विजयी

अर्घाखाँची, ८ मंसिर । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा युवा नेता केशव श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय श्रेष्ठ ७ सय ३१ मत ल्याएर सभापतिमा विजयी भए ।

उनका प्रतिस्पर्धी इन्द्रमणि पौडेलले ३ सय ५२ मत ल्याए भने यादवप्रसाद घिमिरेले ३ सय ९ मत ल्याए ।


advertisement

शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, मानबहादुर विश्वकर्मालगायतले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका शीर्ष नेताको समर्थन रहेको थियो । पौडेल पक्षकै इन्द्रमणिलाई शीर्ष नेताको साथ थिएन । उनी नेताको समर्थनबिना एक्लै चुनावै मैदानमा भिडेर सभापतिमा दोस्रो मत ल्याए ।

श्रेष्ठले सबैसँग सहकार्य गरेरै पाटीलाई एकढिक्का बनाएर लैजाने बताए । कांग्रेसलाई स्थानीय तहदेखि आमनिर्वाचनमा जित्ने गरी संगठन निर्माणको काम गर्ने श्रेष्ठको दाबी छ ।

स्वास्थ्य
%d bloggers like this: