राजनीति

लैंगिक हिंसा बिरूद्दको १६ दिने अभियानको अवसरमा अनेमसंघ (क्रान्तिकारी ) द्दारा शुभकामना व्यक्त

काठमाडौं , मंसिर ९

लैंगिक हिसां विरूद्दको १६ दिने अभियान अाजबाट सुरूवात भएको छ । बर्षौ देखि उत्पिडित , दलित ,तथा अधिकार विहिन महिला हरूलाई अधिकार दिलाउदै राज्यका हरेक क्षेत्रमा बराबर पहुँच र हैसियत राख्न सफल बनाएको माअोवादि अान्दोलन लाई पुनः जागृत गर्दै अनेमसंघ क्रान्तिकारी ले विभिन्न समयमा कार्यक्रम र बहस गर्दै अाईरहेको छ। संविधान प्रदत महिला अधिकार कार्यनयन हाम्रो अभियान /एकताबद्ध संगठन , सुदृढ विस्तार र महिला जागरण भन्ने मुल नाराका साथ बिज ( विस्तार – जागरण ) अभियान असोज ४ गतेदेखि सञ्चालन गरिरहेको बताउदै अनेमसंघ ( क्रान्तिकारी ) अध्यक्ष अमृता थापाले मंसिर २४ सम्म चल्ने लैंगिक हिंसा बिरूद्द को १६ दिने अभियानलाई पनि बिज अभियानको रूपमै शसक्त रूपमा अगाडि बढाउने जानकारी दिनुभयो।
२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सबै निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएको छ । उक्त अवसर पारि अनेमसंघ ( क्रान्तिकारी ) ले एक विज्ञप्ति जारि गर्दै लैंगिक हिंसा विरूद्दको १६ दिने अभियानलाई सफलतापुर्वक सम्पन्न गर्न सबै पक्षलाई अाव्हान गरेको छ ।


advertisement

स्वास्थ्य
%d bloggers like this: