Ad imageAd image

सिलिण्डर ग्यास पड्किँदा बालिकाको मृत्यु

खबर खुराक
खबर खुराक २१ जेष्ठ २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – खाना पकाउने सिलिण्डर ग्यास पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्