टेकुको कनक पेट्रोलपम्पमा विष्फोट, दुई जना घाइते

खबर खुराक
खबर खुराक २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।

डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाबारे थप बुझ्ने काम भइरहेको बताए। उक्त पेट्रोलपम्पमा केही दिनअघि समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो।

सोही क्रममा आज विष्फोट भएको हो। काठमाडौँ – टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए।

डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनाबारे थप बुझ्ने काम भइरहेको बताए। उक्त पेट्रोलपम्पमा केही दिनअघि समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो। सोही क्रममा आज विष्फोट भएको हो।

प्रतिक्रिया दिनुहोस्