फेरि बढ्यो पेट्रोलको मूल्यः डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढ्यो

खबर खुराक
खबर खुराक २६ जेष्ठ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य बढाएको छ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु ८ ले मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको सहप्रवक्ता पुष्कर कार्कीले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्यवृद्धिसँगै पेट्रोलको भाउ १७८ प्रतिलिटर पुगेको छ ।

यसअघि निगमले १० रुपैयाँ मूल्य घटाएको भएपनि फेरि अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै मूल्य बढाएको हो। निगमले डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ बढाएको छ।  यससँगै डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६५ रुपैयाँ  पुगेको छ।

हाललाई एलपी ग्यास तथा हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्