सत्तारूढ दलका महिला संगठनले जनाए पिडित राजपुतको मागमा ऐक्यबद्धता

मिलन वि.क
मिलन वि.क २ असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं , असार २
सत्तारूढ गठवन्धन दलका महिला संगठनहरूद्वारा बल्तकार पिडित निहारिका राजपुतलाई एक्यवद्धता जनाईएको छ । ५ बुंदे माग सहित न्यायकाे लागि २१ महिने बालक सहित आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई भेटेर न्याय र जिवनरक्षाकाे लागि सत्ता गठबन्धनका महिला संगठनले आवाज उठाउने भएका छन् ।

७ दिन देखि अनसनमा बसेकी निहारिका र बालकलाई भेट्न अनेमसंघ(क्रान्तिकारी) केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अमृता थापाकाे नेतृत्वमा उपाध्यक्षहरू देवी खड्का, पार्वती थापा, सरिता महर्जन लगायत, अनेमसंघ(एकिकृत समाजवादी) बाट चमिना भट्टराई, समाजवादी महिला संगठनबाट महासचिव भगवती सुवेदी लगायत पुगेका थिए। अनसन स्थलमै पुगेर रू १४२५० सहयाेग उपलब्ध गराउदैं निहारिका र बालककाे न्याय र जिवनरक्षाकाे लागि पहल गर्ने अश्वासन महिला नेतृहरूले दिएका छन। अाफ्नो पार्टी माअोवादी केन्द्र र सत्ता गठबन्धनभित्र यो निहारिकाको बिषयलाई जोड दिएर उठाउने प्रतिबद्धता जनाउदै अनेमसंघ (क्रान्तिकारी )अध्यक्ष अमृता थापा मगरले उनको न्यायको निम्ती सहयोग गर्न सबै समक्ष अपिल पनि गरेकी छन।

प्रतिक्रिया दिनुहोस्