असार १७ बारपाक सुलिकोट , गोरखा
गोरखाको बारपाक सुलिकोट गाउपालिकामा उधमशिलता तथा वित्तीय साक्षरता तालिम सञ्चालन भएको छ। गाउपालिकाले नयाँ आर्थिक बर्षको बजेट वक्तव्य संगै कार्यक्रम कार्यनयन का प्रकियाहरू अगाडि बढाएको छ।
बारपाक सुलिकोट गाउपालिकाको आयोजनामा भएको उक्त तालिममा ३० जना उधमी संलग्न रहेका थिए। करिब १ हप्ता सम्म चलेको उक्त उधमशिल तालिम कार्यक्रममा ३० जना स्थानीय लाई उद्यम परामर्श तथा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता-Generate Your Business/Start Business का बिषयमा बिषयगत ज्ञान र सिपमुलक तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम आचार्यले जानकारी दिनुभयो । उक्त तालिम मिति यहि असार ४ गतेदेखि १० गतेसम्म गाउँपालिकामा सञ्चालन भएको थियोे ।
प्रतिक्रिया दिनुहोस्