रामेछापमा बस दुर्घटनाः ९ जनाको घटनास्थलमै मृत्यु

खबर खुराक
खबर खुराक २१ असार २०७९, मंगलवार
0 Min Read
Aa

काठमान्डौं,  रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले  बताए ।

२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्