Ad imageAd image

लुम्बिनी वाणिज्य क्याम्पसमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

दिलिप पौडेल
दिलिप पौडेल ३१ असार २०७९, शुक्रबार
1 Min Read
Aa

लुम्बिनी वाणिज्य क्याम्पसमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम

आषाढ ३१, बुटवल

। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सरसफाइ तथा वृक्षारोपण  कार्यक्रम सम्पन्न भएको छ।

क्लिन एलवीसी ग्रीन एलवीसी अभियान अन्तर्गत वातावरण तथा सामाजिक प्रणाली मुल्यांकन उपसमितिको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

- Advertisement -
Ad image

निमित्त क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको अध्यक्षता, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष  गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कपुर, जामुन, तेजपत्ता,धुपी, पारिजात,अमला जस्ता १५० बढी विरुवा रोपिएको उपसमिति संयोजक सुपुष्प भट्टराईले जानकारी दिनुभयो । सोही अवसरमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुद्वारा  क्याम्पस परिसरमा सरससफाई समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्