Ad imageAd image

लुम्बिनी वाणिज्य क्याम्पसमा सम्मान कार्यक्रम सम्पन्न

दिलिप पौडेल
दिलिप पौडेल ३२ असार २०७९, शनिबार
2 Min Read
Aa

आषाढ, ३२ बुटवल  ।

 

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
२०७८ सालमा बिबिएम आठौं सेमेस्टर तथा बिबिएस चौथो बर्षको परीक्षा दिई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच क्याम्पसले सम्मान गरेको हो ।

सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, एमविए डाइरेक्टर उपप्राध्यापक माया आचार्यको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन बिबिएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. उपाध्यायले विद्यार्थीहरुले समय सापेक्ष, बजार सुहाउँदो, व्यवहारिक ज्ञान अध्ययन गर्न पाउनुपर्ने बताउनुभयो । विश्वविद्यालयले दशकौ पुराना पाठ्यक्रम अहिले पनि जस्ताको तस्तै अध्यापन गराउदा प्रतिस्पर्धाको समयमा विद्यार्थीहरुको भविष्य कस्तो हुने हो भन्ने विषयले आफुलाई चिन्ता हुने गरेको बताउदै उहाँले आजको समयमा विद्यार्थी स्वयं सचेत भई व्यवहारिक ज्ञान प्राप्तिका लागि अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल इकाई समिति अध्यक्ष द्वारिका प्रसाद गौतम, कर्मचारी संघ इकाई समिति अध्यक्ष राधा पन्थ लगायतले आआफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई समुज्ज्वल भविष्यको कामना समेत गर्नुभयो ।

सम्मानित भएका विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थीहरु बाबुराम शाही, माया पछाई, पुनम थापा छेत्री, दिलिप पाण्डे, सुशील आचार्य लगायतले लुम्बिनी वाणिज्य क्याम्पससंग जोडिएका चार वर्ष आफुहरुका लागि निकै महत्वपुर्ण वर्षहरु भएको बताउदै सम्मान कार्यक्रम आयोजना गरकोमा क्याम्पस प्रति धन्यवाद समेत ज्ञापन गर्नुुभएको थियो ।

 

२०० बढी विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा अनुसन्धान तथा विकास विभाग प्रमुख सह प्रा. राजेन्द्र लम्सालले मोटिभेसनल सेसन समेत चलाउनुभएको थियो भने कार्यक्रममा सम्मानित हुनेहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्