Ad imageAd image

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने सरकारको निर्णयप्रति एमाले पाल्पाको विरोध

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ६ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

पाल्पा, ६ साउन ।  विभिन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रोक्ने सरकारको निर्णयप्रति नेकपा एमाले पाल्पाले विरोध जनाएको छ ।

सरकारले २०७९÷०८० को बजेट वक्तव्यमार्फत निजी स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा कार्यक्रम रोक्ने निर्णय गरेको छ । यो निर्णयले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासले स्वास्थ्य बिमाबाट विरामीलाई प्रदान गर्दै समपूर्ण उपचार सेवा रोकिएको छ। यहाँ बिमाबाट हुने सबै उपचार सेवा बन्द भएका छन् ।

आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने स्वास्थ्य बिमा कार्यक्रम देशका विभिन्न अस्पताल साथै पाल्पा जिल्लाको सन्दर्भमा लुम्बिनी मेडिकल कलेजबाट समेत बन्द गरिएको सेवाग्राहीबाट गुनासो आएको छ । यो कार्यक्रम बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको एमाले पाल्पाले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बिमालाई जनमुखी कार्यक्रमका रुपमा पूर्ववर्ती सरकारले कार्यान्वयनमा ल्याएको सर्वविदितै छ । वर्तमान सरकारले २०७९÷०८० को बजेट मार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको एमाले पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षड्यन्त्र गरेको उहाँले दाबी गर्नुभयो ।

- Advertisement -
Ad image

एमालेले संघीय संसदमा भएको छलफलमार्फत उपरोक्त नीति खारेज गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आएको सूचित गरेको घिमिरेले बताउनुभयो ।

स्वास्थ्य बिमाको सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दे पूर्ववत् व्यवस्था अनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न उहाँले माग गर्नुभयो । साथै बजेट वक्तव्यमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन पुनः ध्यानाकर्षण गराउँदछौं अध्यक्ष घिमिरेले विज्ञप्तिमार्फत भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्