जग्गा धितो कर्जामा झनै कडाई, काठमाडौं उपत्यकामा एफएमभीको ३० प्रतिशत मात्रै कर्जा पाइने

खबर खुराक
खबर खुराक ६ श्रावण २०७९, शुक्रबार
2 Min Read
Aa

आव २०७९।८० को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा थप कडाइ गरेको छ । शेयर कर्जा, घरजग्गा कर्जालाई अनुत्पादक क्षेत्र मान्दै आएको राष्ट्र बैंकले घरजग्गाको धितोमा जाने कर्जामा अझ कडाई गरेको हाे ।

शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाण्डौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि यो अनुपात काठमाडौं उपत्यकाभित्र ५० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ६० प्रतिशत कायम गरिएको थियो ।

सरकारले हालै भू–उपयोग नियमवाली कार्यान्वयनमा ल्याएर जग्गालाई कृषि, गैर कृषि, आवासीयलगायत ९ वटा वर्गमा वर्गिकरण गरेको छ । तत्कालको लागि नियमावली अनुसार स्थानीयस्तरको सिफारिसको कुनै पनि जग्गालाई कृषि र गैर कृषिको रुपमा जग्गाको वर्गिकरण गरेपछि मात्रै जग्गा धितो राख्न सकिने व्यवस्था गरेको थियो । अकस्मात आएको यो नियमावलीले विदेश अध्ययनको सिलसिलामा जाने विद्यार्थीहरुलाई मर्का परेको गुनासो आएपछि केही समय लागि स्थगित भएको छ । यो नियमावली आएसँगै घरजग्गाको कारोबारमा मन्दी आएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

विगतको दिनमा बैंक तथा वित्तिय संस्थाले घरजग्गामा दिइने कर्जामा मिलेसम्म बढी मूल्याङ्कन गरेर कर्जा प्रवाह हुन्थ्यो । तर, अहिले थप कर्जामा कडाइ गरेको छ । उक्त व्यवस्थाले घरजग्गा कारोबारमा मन्दी आउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्