Ad imageAd image

अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

खबर खुराक
खबर खुराक ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa
फाईल तस्विर

अछामको तुर्माखाँद गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

वडा नं २ को भुलुमा गएराति आएको पहिरोले घर पुरिएर ३ जनाको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्र बहादुर शाहीले नेपाल खबरलाई जानकारी दिए।

वडाध्यक्ष शाही पनि अहिले घटनास्थलतर्फ जाँदै गरेको बताए।

घटना भएको ठाउँमा प्रहरी पनि जाँदैछ। ‘एउटै परिवारका ३ जनाको निधन भएको खबर आएको छ,’ वडाध्यक्ष शाहीले भने, ‘घटनाबारे बुझ्न हामी त्यसतर्फ जाँदैछौं।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्