Ad imageAd image

तानसेन–९ मा सार्वजनिक सुनुवाइ

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा १० श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

पाल्पा, १० साउन । तानसेन नगरपालिका–९ को आयोजनामा मंगलबार सार्वजनिक सुनुवाइ कार्यक्रम दमकडामा सम्पन्न भएको छ ।

कार्यक्रममा वडा भित्र भएका विकास निर्माण लगायत कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा छलफल भएको थियो । गत आर्थिक वर्ष २०७८।०७९ मा सम्पन्न भएको योजना तथा कार्यक्रमका बारेमा समीक्षा गरिएको थियो ।

गत आर्थिक वर्षमा यस वडामा ४६ वटा योजना सञ्चालन भएका थिए । सबै योजना सम्पन्न भएका वडाध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो । चालू आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्ने गरि उपभोक्ता समिति गठन, सम्झौता लगायतका काम भदौदेखि नै सुरु गरिने उहाँले बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राप्त भएका सुझावलाई मनन गरि योजना तथा कार्यक्रम सञ्चालन गरिने छ। यहाँका जनताको आवश्यकता र मागका आधारमा बजेट तथा कार्यक्रम तय गरिने उहाँले बताउनुभयो । भ्रष्टाचार र काममा अनियमितता हुन दिने छैन । सरल, सहज , छिटो, छरितो रुपमा कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने अर्यालले बताउनुभयो ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले इमानदार र पारदर्शी रुपमा योजना काम गरे समस्या आइ नपर्ने बताउनुभयो । सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना गरेर वडा बासीलाई विकास निर्माण  र बजेटको अवस्थाबारे यथार्थ जानकारी दिने काम प्रशंसनीय भएको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

वडा सदस्य माधवप्रसाद बश्यालको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष हरिसुमर रेग्मी, अनुगमन समिति संयोजक प्रेमराज पंगेनी, प्राविधिक हरि भट्टराई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्य मिलन विश्वकर्मा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा, वर्तमान र निवर्तमान जनप्रतिनिधि, सबै योजनाका उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष, स्थानीय राजानितिक दलका प्रतिनिधि, शिक्षक, वुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । सहभागीले प्राविधिक ज्ञान नहुँदा उपभोक्ता समितिले गरेका विकास निर्माणका काममा घाटा ब्यहोर्नु परेको बताएका थिए । योजनाको सुरु देखि फछ्र्योट गर्दासम्म अपनाउनु पर्ने प्रक्रियाबारे उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिन उनीहरूले माग गरेका थिए ।

वडा सदस्य कमल दर्लामीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव मदन भण्डारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्