Ad imageAd image

एमाले पाल्पा संगठन विभागको बैठक सम्पन्न, सचिवमा आत्रेय चयन

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ११ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

पाल्पा, ११ साउन । नेकपा एमाले पाल्पा संगठन विभागको सचिवमा गुराँस आत्रेय चयन हुनुभएको छ ।

विभागको बुधबार तानसेनमा बसेको बैठकले आत्रेयलाई सचिवमा चयन गर्ने निर्णय गरेको हो । विभाग प्रमुखको जिम्मेवारी भने एमाले पाल्पाका सचिव समेत रहेका रामजी पोखरेलले सम्हाल्दै आउनुभएको छ । विभागका सदस्यमा सबै स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष रहने प्रावधान छ । पाल्पामा २ नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । तानसेन नगर कमिटीका अध्यक्ष आत्रेयलाई सचिवमा चयन गरिएको विभाग प्रमुख पोखरेलले बताउनुभयो ।

यस्तै बैठकले साउन मसान्तसम्म सबै पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । नवीकरण शुल्क ३०० र नयाँ सदस्यता शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ । आगामी भदौ मसान्तसम्म जिल्ला, पालिका र वडासम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, सबै संगठित सदस्यको मोबाइल एपमा इन्ट्री गर्ने लगायतका निर्णय भएको प्रमुख पोखरेलले बताउनुभयो ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले अब हुने प्रदेश र संघको निर्वाचनमा एमालेको जित हुने गरी अभियान थाल्न निर्देशन दिनुभयो ।

- Advertisement -
Ad image

बैठकमा प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य नारायण आचार्य, प्रदेश सदस्य देवीप्रसाद बश्याल, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जनताको घरघरमा पुगेर एमालेको नीति सिद्धान्त र जनताका हितमा गरेका कामका बारेमा प्रचारप्रसार गर्न सुझाव दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्