पाल्पामा जिप दुर्घटना हुँदा दुइ घाइते, एकको अवस्था गम्भीर

मिलन वि.क
मिलन वि.क १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

पाल्पा, १२ साउन । रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित झिरुबासमा बिहिबार जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

भुवनपोखरीको अमिलेबाट जिल्लाको सदरकुमाम तानसेनतर्फ आउँदै गरेको लु१ज २१६९ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा अमिलेका ५९ वर्षीया जुनकला पोखरेल र ४६ वर्षीया कमला आले घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । थापाकाअनुसार जुनकलाको अवस्था गम्भीर छ । उहाँको टाउकोमा चोट लागेको छ। घाइते दुवैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

ओरालो सडकमा रोकेर सामान झार्ने क्रममा जिप एक्कासी गुडेर दुर्घटना भएको थापाले बताउनुभयो । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्