म्याग्दीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्य, तीन बेपत्ता

खबर खुराक
खबर खुराक १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa
फाईल तस्विर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामिङमा आज बिहान पहिरोले घर पुरिँदा दुुईजनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।

घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।

घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्