६ लाख घुससहित उपसचिव पक्राउ

खबर खुराक
खबर खुराक १७ श्रावण २०७९, मंगलवार
Updated 2022/08/02 at 7:51 PM
1 Min Read
Aa

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिव घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुससहित पक्राउ गरेको हो ।

उपसचिव नेपालले प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेको आयोग स्रोतले प्रशासनलाई दिएको जानकारी दिएको छ ।

उनलाई काठमाडौँ महानगरपालिका वडा नं. १ मनकामना मार्गस्थित होटेल अरण्यको कम्पाण्डबाट आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Share this Article
Leave a comment