एमाले पाल्पाद्वारा लोपोन्मुख ‘सिलंगे’ को बिरुवा रोपियो

मिलन वि.क
मिलन वि.क १८ श्रावण २०७९, बुधबार
2 Min Read
Aa

पाल्पा, १८ साउन । पाल्पाका विभिन्न ठाउँमा लोपोन्मुख सिलंगेको बिरुवा रोपिएको छ ।

रैनादेवी छहरा गाउँपालिकाको बल्ढेङगढी, सोमादी, छहरा र रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा मंगलबार बिरुवा रोपिएको हो । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य रामबहादुर राउतको पहलमा जिल्ला वन कार्यालय पाल्पाको सहयोग र नेकपा एमाले सम्बन्धित वडा कमिटिको समन्वयमा सिलंगे र सुगन्ध कोकीलाको बिरुवा रोपिएको हो ।

वन कार्यालय पाल्पाका प्रमुख दीपक ज्ञवालीको समन्वयमा राउतले वैतडी जिल्ला पुगेर ४ वटा सिलंगेका बिरुवा ल्याउनुभएको थियो । ति विरुवा नेकपा एमाले पाल्पाको अगुवाइमा रोपिएको हो । बल्ढेङगढीको गढी, सोमादीको भयरथान, छहराको तिलकथान र रिब्दीकोटको भैरवनाथ मन्दिर परिसरमा ति बिरुवा रोपिएको छ । पाल्पामा इतिहास बोकेको र निकै राम्रो सुगन्ध दिने फूलको रुपमा परिचित लोपन्मुख सिलंगेको बिरुवा रोपेर यसको संरक्षण र प्रवद्र्धन गर्न आफूले प्रयास गरेको नेता राउतले बताउनुभयो । यहाँको धार्मिक तथा पुरातात्विक ऐतिहासिक पर्यटकीय स्थलको संरक्षणका लागि एमालेले जतिबेला पनि काम गर्ने उहाँले बताउनुभयो ।

मणिमुकुन्द सेन राजाले पाल्पाको सिलांगथोकमा यसको बिरुवा रोप्नुभएको थियो । ठूलो रुख र यसमा फूलेका फूलको बासनाले चिनिएको हुँदा यस ठाउँको नामै सिलांगथोक राखिएको छ ।

जनतासँग हातेमालो गरी विभिन्न सामाजिक काम गर्दै आएको एमाले पार्टीले निकै महत्व बोकेको सिलंगेको बिरुवा रोपेर रचनात्मक काम गरेको प्रदेश सदस्य नाराययणबहादुर जिसीले बताउनुभयो ।

निकै दुर्लभ अवस्थामा रहेको सिलंगेको बिरुवालाई स्याहार र संरक्षण गरेर हुर्काउन जिल्ला वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले आग्रह गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामबहादुर राउत, नारायणबहादुर जिसी, एमाले जिल्ला कमिटी सचिवलाय सदस्य तथा रैनादेवी छहरा गाउँपालिका इन्चार्ज गीता भट्टराई घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज मिलन विश्वकर्मा रिब्दीकोट गाउँ कमिटीका अध्यक्ष अर्जुन विक, जिल्ला कमिटी सदस्य तथा बल्ढेङगढीका इन्चार्ज झपिन्द्र रायमाझी, जिल्ला सल्लाहकार कुलबहादुर खड्का, रैनादेवी छहरा गाउँ कमिटीका उपाध्यक्ष प्रेम थामी, सचिव मानहादुर थामी, वार्ड कमिटी अध्यक्षहरु यमबहादुर राउत, टीकाराम पोखरेल, रमेश कार्की पालिका कमिटीका सदस्यहरु किसान महासंघका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्