निक्षेपको ब्याजदर बढ्ने

खबर खुराक
खबर खुराक १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा एकीकृत निर्देशिकामा गरेको व्यवस्थाले निक्षेपको ब्याजदर बढ्ने भएको हो । निक्षेपको ब्याजदर बढेपछि स्वभाविक रुपले कर्जाको समेत ब्याजदर बढ्ने छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतभन्दा संस्थागततर्फ मुद्दति निक्षेपमा २ प्रतिशत बिन्दुले ब्याजदर कम गर्न भनेको छ ।

अहिले बैंकहरुले व्यक्तिगततर्फ ११.०३ प्रतिशत तथा संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर मुद्दति निक्षेपमा दिएका छन् ।राष्ट्र बैंकको निर्देशन कार्यान्वयनका लागि बैंकहरुले व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर बढाउनुपर्ने बाध्यता देखिएको छ ।

संस्थागत तर्फ नवीकरणमा ब्याजदर राष्ट्र बैंकको नीतिको कारणले बढ्ने छ । नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बैकर्स संघको बैठक बसेर ब्याजदर बढाउने वा नबढाउने भन्ने विषयमा निर्णय हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्