राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पाल्पाको बैठक सम्पन्न

मिलन वि.क
मिलन वि.क २२ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

पाल्पा, २२ साउन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पाल्पाको बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा गाउँकमिटीका अध्यक्ष तथा प्रतिनिधिले संगठनको प्रगतिबारे रिपोर्टिङ गरेका थिए ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देवीलाल लामिछानेले पार्टीको बलियो संगठनका रुपमा युवा संघ रहेको बताउनुभयो । जुनसुकै निर्वाचनमा पार्टीलाई जिताउने मुख्य भूमिका युवाकै हुने उहाँले बताउनुभयो ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेका उम्मेदवारलाई लाई जिताउने गरी युवा परिचालित हुन पार्टीका जिल्ला कमिटी सचिव रामजी पोखरेलले निर्देशन दिनुभयो ।

एमाले पाल्पा क्षेत्र नम्बर १ का अध्यक्ष विमल काफ्लेले युवालाई उत्पादनमा जोड्दै राजनितिमा सक्रिय गराउनुपर्ने बताउनुभयो ।

पार्टीका कार्यालय सचिव तथा युवा संघ इन्चार्ज दीपक विश्वकर्माले निर्धारित मितिमा संघको गाउँकमिटी तथा वडा कमिटीका बैठक बसेर चुनाव केन्द्रित गतिविधि गर्न आग्रह गर्नुभयो । भदौ १० गतेसम्म सबै कमिटीको बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

युवा संघका जिल्ला अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कृष्ण कार्कीले सञ्चालन गर्नुभएको थियो ।

बैठकमा जिल्लाका १० वटै गाउँ कमिटीका अध्यक्ष तथा प्रतिनिधि उपस्थित रहेका थिए ।

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बैठक

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बैठक पनि शनिबार नै तानसेनमा बसेको छ ।

बैठकले संगठनका कामलाई चुस्तदुरुस्त बनाउने निर्णय गरेको छ । १० वटा स्थानीय तह र स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा इन्चार्ज तोकेको छ । यस्तै भदौ १५ भित्र सबैपालिकामा संगठनका कमिटी गठन गर्ने निर्णय भएको अध्यक्ष हिराकुल कुँवर (सुशील) ले बताउनुभयो ।

बैठकमा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले प्रशिक्षणात्मक मन्तब्य राख्दै संगठनका गतिविधिलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने सुझाव दिनुभयो । विद्यार्थी वर्ग सचेत र शिक्षित हुनु भएकाले एमालेका राम्रा कामलाई विद्यालय तहदेखि गाउँघरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यार्थीको हितमा काम गर्न पोखरेलले आग्रह गर्नुभयो ।

पार्टीका उपसचिव तथा जनवर्गीय संगठन (मोर्चा फाँट) प्रमुख टीका थापाले संगठन विस्तार अभियानलाई तीव्र पार्न निर्देशन दिनुभयो । शैक्षिक गुणस्तर सुधार्नको लागि संगठनको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

संगठनका जिल्ला अध्यक्ष हिराकुल कुँवर (सुशील) को अध्यक्षतामा भएको बैठकमा सहसचिव सुस्मा खनाल सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्