अर्थ सचिवमा कृष्णहरी पुष्कर, राजस्वमा दंगाल

खबर खुराक
खबर खुराक २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । सरकारले कृष्णहरी पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अघिल्लो मन्त्रिपरिषद्को बैठकले तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेसँगै अर्थ सचिवको पद रिक्त रहेको थियो ।

पुष्कर अर्थमा गएसँगै उनको ठाउँमा सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव दंगाललाई राजश्वको जिम्मा दिइएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्