Ad imageAd image

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्‍यु

खबर खुराक
खबर खुराक २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ८१५ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको हो। ४७६ जना संक्रमणमुक्त भएका छन्।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।  जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् ।

प्रतिक्रिया दिनुहोस्