Ad imageAd image

अभिनेता शाही कांग्रेसमा प्रवेश

खबर खुराक
खबर खुराक २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमबीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।

लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए । उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए ।

उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरे ।

- Advertisement -
Ad image

अभिनेता शाहीले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘कृ’, ‘हुर्रे’, ‘लिलिबिली’, ‘पुरानो बुलेट’लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्