बाफिकोट गाउँपालिकाले पूरा गर्यो गत बर्षको राजश्व लक्ष्य

दिलिप पौडेल
दिलिप पौडेल २९ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

श्रावण २८, रूकुम पश्चिम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा राजस्वको लक्ष पुरा गरेको छ । बाँफिकोट राजस्वको लक्ष पुरा गर्ने जिल्लाको एक्लो पालिका बनेको छ । गाउँपालिकाले वितेको वर्ष ३५ लाख राजस्व संकलन गर्ने लक्ष लिएकामा ५३ लाख ७७ हजार ४ सय १ रुपैंया उठाएको हो ।

विभिन्न शिर्षकमा गाउँपालिका तथा वडापालिकाबाट उक्त राजश्व संकलन भएको हो । गाउँपालिकाबाट ४७ लाख ९ हजार ७ सय ७७ रुपैंया राजस्व संकलन हुँदा वडामा सबैभन्दा बढी १० नम्बर वडाले १ लाख ४७ हजार ३ सय ४ रुपैंया उठाएको छ ।

त्यस्तै वडा नम्बर १ बाट १५ हजार ५ सय ४०, वडा नम्बर २ बाट ६८ हजार ४ सय ३२, वडा नम्बर ३ बाट ६३ हजार ८ सय २०, वडा नम्बर ४ बाट १ लाख १० हजार ४ सय ४० र वडा नम्बर ५ बाट १९ हजार २ सय ७६ रुपैंया राजश्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ६ बाट ८९ हजार ४ सय २०, वडा नम्बर ७ बाट १५ हजार ७२, वडा नम्बर ८ बाट ६७ हजार १९ र वडा नम्बर ९ बाट ७१ हजार उठेको छ । गाउँपालिकाले वितेको वर्ष लक्ष भन्दा १८ लाख ७७ हजार ४ सय १ रुपैंया बढी राजश्व उठाएको हो ।

वितेको वर्ष जिल्लामा बाँफिकोट गाउँपालिकाले मात्र राजस्वको लक्ष पुरा गरेको छ ।
छ महिना अघि कार्यलय प्रमुखको रूपमा आएका दुर्गाबहादुर ओली कार्यलय व्यवस्थापन र राजश्वको लक्ष्य पूरा गर्न अब्बल प्रशासकको रूपमा देखिएका छन।
ओलि कार्यलय प्रमुख भएर आईसकेपछि जनताका हरेक समस्या सहज रूपमा समाधान भएको र सेवा प्रवाहमा पनि सहजता भएको बताईएको छ।
 

प्रतिक्रिया दिनुहोस्