श्रावण ३०, बर्दघाट नवलपरासी
नवलपरासी जिल्लाको बर्दधाट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । मिति २०७८/०४/२९ गते बर्दघाट नगरपालिकाले वार्षिक समिक्षा कार्यक्रमको माध्यमबाट बर्दघाट नगरपालिकाको नीति योजना र कार्यक्रम र विकासको उपलब्धतालाई वार्षिक समिक्षा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ।
उक्त वार्षिक समिक्षा कार्यक्रममा बर्दघाट नगरपालिकाका जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारी र सरकारका सम्बन्धित अधिकारीहरू को माझमा उक्त कार्यक्रम भएको हो । वार्षिक समिक्षा कार्यक्रम प्रस्तुत गर्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बर्दघाट नगरपालिकाको नीति योजना र कार्यक्रम अनुसार विनियोजित बजेट को प्रभावकारी कार्यान्वयन भयकोमा खुसी व्यक्त गर्नुभयो ।
वार्षिक समिक्षा कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ ले सबैलाई समेटेर लैजान सक्ने नीति योजना र कार्यक्रम बनाउन पहल गरेको कुरा व्यक्त गर्नु भयो । त्यसका बाबजुद पनि बर्दघाट नगरपालिकाको नीति योजना र कार्यक्रम उपलब्धि मूलका भयको कुरा व्यक्त गर्नु भएको छ ।
बर्दघाट नगरपालिकाका विभिन्न राजनैतिक दलहरुले बर्दघाटट नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम ढुङ्ग्रो मा पानी हालेको जस्तै भएको भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् । कतिपय राजनीतिक नेताहरूले बर्दघाट नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला अधिकारीहरू लाई आफ्नो सुझाव सल्लाहको मार्ग चित्र प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्