Ad imageAd image

सवारि चालक अनुमतिपत्र बुटवलले गर्यो सेवाग्राहीलाई १५ दिनमै लाईसेन्स दिने व्यवस्था

खबर खुराक
खबर खुराक २ भाद्र २०७९, बिहीबार
4 Min Read
Aa

भाद्र ०२, बुटवल रूपन्देही ।

नेपालका सरकारि कार्यालयमध्ये सबैभन्दा भ्रष्ट र चरम बेथतिपुर्ण र अव्यवस्थित कार्यलय को रूपमा यातायात कार्यलयहरूलाई लिने गरिन्छ । घन्टौ सम्मको लाईन, बिचौलियाको चरम बिगबिगी , भ्रष्टाचार  ,ढिलासुस्ती , लापरबाही जस्ता कुराले भरिएको र जनताले चरम  सास्ती पाउने ठाउँ भनेर चिनिने सरकारि कार्यलय यातायात व्यवस्था विभाग अन्तर्गतका विभिन्न कार्यालयहरू हुन ।

तर त्यहि यातायात क्षेत्र भित्रको  कार्यालय  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र , बुटवल रुपन्देहीले लाईसेन्स प्रक्रियालाई सहज बनाएर १५ दिनमै   सेवाग्राहीलाई लाईसेन्स वितरण गर्ने गरेको छ । यातायात ब्यवस्था कार्यालय  सवारि चालक अनुमतिपत्र बुटवल , रुपन्देहीको  कार्यालयबाट सेवाग्राहीले बायोमेट्रिक  दर्ता गरि राजश्व तिरेको भोलिपल्टै लिखित परीक्षा दिन र त्यसको १५ दिन भित्र प्रयोगात्मक परीक्षा दिन पाईरहेका छन।

गुल्मि देखि लिखित परीक्षा दिन आएर   कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले पहिले पहिले लिखित परीक्षा दिन बुटवलमा ५,६ दिन बस्नु पर्छ भन्ने सुनेपनि  हाल भने २ दिनमै दर्ता , राजश्व, मेडिकल  र लिखित परीक्षा दिन पाऊदा सहज भएको अनुभव सुनाए।

- Advertisement -
Ad image

कार्यालयले हाल लिखित परीक्षा र प्रयोगात्मक परीक्षा अाफ्नै भवनबाट गराउदै आईरहेको छ। कार्यलय बिहान ८ बजे देखि खुला गरि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भईरहेको  कार्यलयका एक कर्मचारीले जानकारी दिए।

करिब १ महिना अघि मात्रै नयाँ भवनमा सारिएको सवारि चालक अनुमति पत्र रूपन्देहीको कार्यालयले आ व ७८/७९ को असार मसान्तसम्म ४५,८५९  नयाँ लाईसेन्स जारि गरेको छ भने कार्यालयमा असार मसान्तसम्म १,३५,६६२  नयाँ आवेदन दर्ता भएका छन । त्यस्तै कार्यालयले असार मसान्तसम्ममा १२,३०९ वर्ग थप , १९६८ नयाँ प्रतिलिपी र ३९८३९ लाईसेन्स नविकरण गरेको छ। असारमसान्त सम्म यातायात व्यवस्था कार्यालय  सवारी चालक अनुमति पत्र  बुटवल कार्यालय ले कुल २७,८७,२७,०४४ रूपैयाँ राजश्व संकलन गरेको छ।  जुन  गत बर्षको लक्ष्यभन्दा बढि रकम  हो।

कार्यालयबाट हालसम्म करिब ५५००० परिक्षणकालिन लाईसेन्स वितरण गरिएको छ भने लिखित र प्रयोगात्मक परिक्षामा ७०% उत्तीर्ण को मापदण्ड लागू गरिएको छ।

उक्त कार्यालयमा प्रमुखको रूपमा गत असोजमा भित्रिएका  तेजनारायण यादवले आफु आईसकेपछि यातायात व्यवस्था कार्यालय बुटवलको पुर्ण व्यवस्थापन गर्दै जनतालाई सहज रूपमा सेवा दिएको दाबी गर्छन । तर उनको दाबी लाई खण्डन गर्ने गरि  विभिन्न सञ्चार माध्ययममा  कार्यालयबाटै लाईसेन्स बिक्रि गरेको , बिचौलिया संग साँठगाँठ गरेको, चरम बेथिति र भ्रष्टाचार गरेको जस्ता विषयमा  समाचार आएका थिए । तपाईंलाई त लाईसेन्स बेच्ने  अनि मन्त्रालयका सचिवनै सरूवा गर्ने हाकिम भनेर पनि आरोप लाग्छनी भन्ने प्रश्नमा यादवले भने  ” आरोप लगाएर मात्रै हुन्छ, प्रमाण बिना समाचार लेखेकै भरमा  आरोप लगाउन मिल्छ  ? यादव प्रश्न गर्छन  कसैले नियोजित ढङ्गबाट  सत्य तथ्य नबुजि समाचार लेखेकै भरमा  कुनै ब्यक्ति दोषि हुन्छ ? ” ।

हालका मुख्यमन्त्री संगको  मिलोमतोमा विभागिय सचिवको समेत  सरूवा गराएर उक्त बिषय ढाकछोप गर्न खोजेको आरोप उनी माथि छ।  तर यादव यो कुरा मान्न तयार भने छैनन ।

उनले आफुले खोलाको बगरमा ट्रायल दिनुपर्ने बाध्यतालाई गम्भीरतापूर्वक लिएर  कार्यालयको भौतिक संरचना निर्माणमा विशेष पहल गरको हुदा समयमै कार्यालय  सार्न सकिएको बताए । उनका अनुसार हाल उक्त कार्यलयमा कुनै बिचौलियाको प्रभाव नरहेको र नरहोस भन्ने हेतुले चारैतिर तारबारले बारेर सुरक्षित गरिएको बताए ।

यातायात व्यवस्था कार्यालय सवारि चालक अनुमतिपत्र  अन्तर्गत देशमै नमुना कार्यको रूपमा ७०% को मापदण्ड लागू गर्दै लिखित र प्रयोगात्मक परिक्षामा सहज हुने गरि सम्पुर्ण व्यवस्थापन गरिएको  कार्यालयका प्रमुख तेजनारायण यादवले  जानकारी दिए।

हाल कार्यलय परिसरमै मेडिकल , लिखित र प्रयोगात्मक परीक्षा गराईने गरिएको छ भने सेवाग्राहीलाई समेत मध्यनजर गर्दै चमेनागृह सञ्चालनमा ल्याईएको छ। राजश्व तिरेको अर्को दिन लिखित परीक्षा हुने हुदा टाढा बाट आउने सेवाग्राहीलाई समेत निकै सहज भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्