गठबन्धनमा रहेका दलहरूको आ–आफ्नै दाबी, कुन दलले कति मागे सिट ?

खबर खुराक
खबर खुराक ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa
sf7df8f}F, !% kmfu'gM ;Qf?9 bnsf] a}7s afn'jf6f/df cfOtaf/ a;]sf] ;Qf?9 bnsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं ,  सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमार्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२, र जनमोर्चाले ३ सिटमा दाबी गरेको छ । यद्यपि दलहरुबीच यसबारे थप छलफल गरेर अन्य बैठकमा सहमति जुटाइनेछ । यस्तै आजको बैठकमा १६५ वटा निर्वाचन क्षेत्रका विषयमा दलगत अध्ययन प्रस्तुत भएपनि अन्तिम ड्राफ्ट गर्न बाँकी रहेको छ । त्यसका लागि भोलि पुनः बैठक बसेर ड्राफ्ट तय गरिने पुरीको भनाइ छ ।

कार्यदलको बैठकमा नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकाका विषयमा पनि सामान्य छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्