काठमाडौं । नेपालमा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको एकहजार ९९६ पीसीआर परीक्षणमा २११ जना र दुईहजार ९५८ एन्टिजेन परीक्षणमा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप तीनजनाको मृत्यु भएको छ । त्यस्तै, थप ३०७ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा चारहजार १९९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्