रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन इटहरीमा

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

रिलायन्स लाइफ इन्सोरेन्सले भदौ ७ गते सुनसरीको इटहरीमा क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रूपमा डेपुटी चिफ एक्जुकेटिभ अफिसर निराजन कँडेल उपस्थित रहेका थिए ।

त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता, क्षेत्रीय सहायक प्रबन्धक थीरबहादुर श्रेष्ठ र क्षेत्र प्रबन्धक क्षितिज घिमिरे पनि उपस्थित थिए । सोही कार्यक्रममा प्रेरक प्रशिक्षक बि.पि. रेग्मीले आफ्नो भनाइ र उद्धरणहरू प्रस्तुत गरेर उपस्थित सम्पूर्ण एजेन्टहरूको ध्यानाकर्षण गरेका थिए ।

हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेलामा कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्