एमाले निर्वाचन परिचालन कमिटीको बैठक

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालय जारी बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन रणनीति तयार गर्ने छ ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रवार र शनिवार बसेको थियो । शनिवार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।

कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्