ऊर्जामन्त्री भुसालको एक वर्षः ऊर्जा थपदेखि भारततर्फ बिजुली निर्यातसम्मका उपलब्धि

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
7 Min Read
Aa

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेकी छन् । आफूले ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा उनले १७ बुँदे उपलब्धि सार्वजनिक गरेकी हुन् ।

१. फोमिड–१९ को असर र अन्तर्राष्ट्रिय असहज परिस्थिका बाबजुद पनि गत मन्त्रालयको अथक प्रयासबाट गत आर्थिक वर्षमा यस मन्त्रालयको वित्तीय र भौतिक प्रगति कम ७६.६६ र ८० प्रतिशत हासिल भएको छ । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कूल विद्युत् उत्पादन क्षमता २ हजार २६९ मेगावाट पुगेको छ । त्यसैगरी ५६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी वर्ष भई ५०८६ किलोमिटर निर्माण भएको छ । विद्युत् चुहावट १७.१८ बाट १२.३८ पुगेको छ ।

२. बीस युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्थाअन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको छ विद्युत् आधारभूत आवश्यकताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिंचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट रु २ सम्म महशुल कायम गरिएको छ । र समग्र विद्युत् महसुल दर घटाइएको छ जसले गर्दा ग्राहस्थ्यतर्फको विद्युत् खपत वृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् व ३२५ युनिटबाट बढोत्तरी भइ ३५१ पुगेको छ  । विगत पाँच वर्षको विद्युत्को वार्षिक औष खपतदर १८ प्रतिशतको दरले वृद्धि भएको छ । देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ । स्वदेशी विद्युत् जोड़ों, विदेशी ग्यास छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको छ । ग्यास प्रयोग घटाई स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुगेको छ ।

४. पहिले विद्युत् बत्तीका लागि अबको विद्युत् उज्वल भविष्यका लागि’ भन्ने मान्यताका साथ भय औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, सिफ्टमार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यको लागि ऊर्जाको प्रयोग गर्नुपर्दछ भन्ने नीतिका साथ गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण र स्तरोन्नतिमा विशेष प्राथमिकता दिइएको छ  ।

५. पहिलो पटक वर्षायाममा (असारदेखि कात्तिकसम्म र सुख्खायाममा (मसिरदेखि जेठसम्म फरकफरक विद्युत् महसुलदर कायम गरिएको छ । वर्षायाममा उत्पादित विद्युत् अझै सहुलियत दरमा दिने निर्णय भएको छ  ।

६. आन्तरिक खपतबाट बढी भएको विद्युत्लाई उपयोग गर्नका लागि मित्र राष्ट्र भारत एवं बङ्गलादेशसँग छलफल भइरहेको छ । भारतको विद्युत्् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत्् व्यापारका लागि नेपाल विद्युत्् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत्् बिक्री गर्न अनुमति प्राप्त भएको छ । भारतको इनर्जी एक्सचेन्ज मार्केट (आइएक्स) मा बिजुली निर्यात सुरु भइ गत जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । गत आवमा आन्तरिक खपत भइ बढी भएको ५९४ गिगावाट आवर विद्युत् निर्यात भएको छ । यसले व्यापारघाटा कम गर्न योगदान गरेको छ ।

७) बंगलादेश विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच त्रिपक्षीय सम्झौता हुन छलफल अगाडि बढाइने सहमति भएको छ । ६८३ मेगावाटको सुनकोशी ३ जलविद्युत् आयोजना संयुक्तरुपमा अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको छ ।

८. विद्युत् वितरण विनीयमावली २०६९ लाई संशोधन गरी ग्राहकमैत्री विद्युत् वितरण विनियमावली बनाइएको छ । अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउने व्यवस्था गरिएको छ । १०० केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिंचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौं जनता लाभान्वित हुनेछन् ।

९. विद्युत्ीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत्ीय सवारी चार्जिङ स्टेशन माग दरमा विद्युत् महसुल निर्धारण गरिएको छ । प्राधिकरणमार्फत देशभर चार्जिङ स्टेसन निर्माण सामग्री पठाइएको छ । साथै व्यक्तिगत, निजी तथा संस्थागतरूपमा चार्जिङ स्टेशन स्थापना गर्नका लागि २०० भएको ट्रान्फर्मर सहित विद्युतीय पूर्वाधार प्राधिकरणले निर्णय गर्ने व्यवस्था मिलाइएको छ  ।

१०. नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रीय सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम छ ।

११. गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका साथै ऊर्जा सुरक्षालाई प्रवर्द्धन गर्न अर्धनाराययुक्त आयोजनाहरू अगाडि बढाइदै छ । लोड सेन्टरमा रहेको १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना क्याविनेटबाट निर्णय भइ कम्पनी दर्ता अन्तिम चरणमा रहेको छ । १२ कोभिड–१९ को दोस्रो र तेस्रो चरणका कारण जलविद्युत् आयोजनाहरूको निर्माणमा असर पर्न गएको सन्दर्भमा निजीको मागलाई समेत ध्यानमा राख्दै व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने समयसीमा एवं वित्तीय व्यवस्थापन गर्नुपर्ने समयसीमा एक वर्ष थप गरी निजी क्षेत्रलाई आयोजना विकासमा सहजीकरण गरिएको छ  ।

१३. गत आवमा २१,६४२ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भई कूल सिन्चित क्षेत्रफल १५,२१,०६९ पुगेको छ  । यसगरी तटबन्ध निर्माण करिब ८० किमी थप भई १२८८ किलोमिटर पुगी बाढी नियन्त्रण गर्न सफल भएको छ  । सो क्रममा ५४७ हेक्टर जग्गा उकास भइ कूल १२,५५२ हेक्टर क्षेत्रफलको जग्गा उकास भएको छ ।

१४. महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि टनकपुर बाँधबाट पानी प्राप्त गर्न शुरु भएको छ । बागमती सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र सुधार र विस्तार गरी १,२२,००० हेक्टरमा सिँचाइ सुविधा पुयाउन आवश्यक अध्ययनका लीग सम्झौता भई कार्यान्वयन शुरु भएको छ  ।

१५ भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको क्रमागत सिभिल निर्माण कार्यको संचालन, हाइड्रोमेकानिकल कार्यको खरिद सम्झौता सम्पन्न भई निर्माण व्यवशायी परिचालित र इलेक्ट्रोमेकानिकल कार्यको खरिद प्रकृया अन्तिम चरणमा रहेको छ  । रानी जमरा कुलरिया सिंचाइ आयोजनाका विश्व बैंकतर्फ ३ मटे प्रणालीहरुको आधुनिकिकरणका कार्यका साथै ४ ७ मेगावाट विद्युत् उत्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको छ  ।

१६. सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माण कार्य लक्षित समयमा सम्पन्न हुनेगरी काम भइरहेको, सिभिल र हाइड्रोमेकानिकल कार्यको डिजाइन तथा लागत अनुमान तयारी गर्ने कार्य सम्पन्न भएको छ  । झापा, सर्लाही र रौतहटम ७,००० हेक्टरमा वर्षैभरी सिंचाइ सुविधा दिने दुई भूमिगत जल सिंचाइका आयोजनाको स्वीकृती भइ कार्यान्वयन शुरु भएको छ ।

१७ सुनसरी मोरङ, चन्द्रनहर, कोशी पम्प, कमला, बागमती, मनुष्मारा, झाँझ, नारायणी, गण्डक, भैरहवा लुम्बिनी, प्रगन्ना, सिक्टा, बबई, राजापुर, रानी जमरा कुलरिया र महाकाली सिँचाइबाट मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी १५ जिल्लाको सिंचित क्षेत्रमा विस्तार भएको छ सतह तथा भूमिगत सिँचाइ गरी १२,५७३ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्