नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य एक वर्षमै पुष्टि भइसकेको दाबी गरेका छन् । आफूहरूले एमालेबाट विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसकेको हुने उनको जिकिर छ ।
पार्टीनिकट अनेरास्ववियुको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा र रुपान्तरणका लागि पार्टी पुनर्गठन गर्नुपरेको बताएका हुन् ।
हामीले विद्रोह नगरेको भए नेपालको राजनीति अध्याँरो सुरुङभित्र जाने थियो, जनताको अधिकार समाप्त भई प्रतिगमन हाबी हुनेथियो’ नेपालले भने, ‘कम्युनिस्ट आन्दोलनको रक्षाका र रुपान्तरण गर्नुपर्ने आवस्यकता महसुस गरेर पुनर्गठन गरेका थियौँ ।’
नेता नेपालले मंसिरमा हुने चुनावमा पार्टीलाई विजयी बनाउन तयारी थाल्न पनि युवा, विद्यार्थी कार्यकर्तालाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्