चीनले अमेरिकालाई पछि पार्दै अन्तरिक्षको राजा बन्न लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनसँग जोडिएको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०४५ सम्ममा चीन आर्थिक, कूटनीतिक र सैन्य रूपमा प्रभुत्वशाली अन्तरिक्ष शक्ति बन्न लागेको उक्त संस्थाले जनाएको छ ।
स्पेस फोर्स रिसर्च लेबरेटोरीका अधिकारीहरूले तयार पारेको प्रतिवेदनमा चीनले थप विशाल परियोजनामा लगानी गरेमा सन् २०४५ भन्दा अघि नै उक्त लक्ष्य हासिल गर्ने उल्लेख छ ।
‘चीनले अमेरिकासँगको प्रविधि अन्तर तीव्र रूपमा घटाउन खोज्दा अमेरिकाले पनि अन्तरिक्षमा नेतृत्व कायम राख्नका लागि सक्रियता देखाउनुपर्छ,’ प्रतिवेदनमा लेखिएको छ ।
चीनले अन्तरिक्ष कार्यक्रमका लागि अर्बौं डलर खर्च गरिरहेको छ ।
सन् २०३० सम्ममा चीनले अनुसन्धान तथा विकासका लागि अमेरिकाले भन्दा २०० अर्ब डलर बढी खर्च गष्र्ने अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्