Ad imageAd image

नेपालीले सित्तैमा बिजुली पाउने अवस्था आउँछ, अहिले लगानी बढाऔँ– कुलमान घिसिङ

खबर खुराक
खबर खुराक १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

भाद्न १२,काठमा‌‍‍ण्डाै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीले सित्तैमा बिजुली पाउने अवस्था आउँने वातावरण बनाउने बताएका छन् । त्यसका लागि अहिले लगानी बढाउनपर्ने उनले बताए ।

नेपालीले नेपालमै उत्पादन भएको बिजुली  निःशुल्क वितरण गर्ने दिन आउने गरी अहिले नै लगानी गर्नुपर्ने घिसिङले बताए । आइतवार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविश्यमा निःशुल्क बिजुली वितरण गर्ने दिन आउँछ तर, अहिले डिमाण्ड शुल्कमा लोभ गरिदिन भएन । प्राधिकरणले पनि डिमाण्ड शुल्क छुट दिन सक्दैन ।’

उनले प्राधिकरण ६ सय मेगावट बिजुली निर्यात गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । घिसिङले ८० दिनको अवधिमा ६ अर्बको बिजुली नेपालबाट निर्यात भएको बताए । ‘आगामी वर्ष १ हजार मेगावाट बिजुली निर्यात गर्न सक्ने क्षमता नेपालको हुन्छ त्यसका लागि उत्पादन नै बढी गर्नु पर्छ । जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट विद्युत निर्यात भइरहेको छ, यो हाम्रो ठूलो उपलब्धि हो, यसले व्यापार घाटा कम गर्न मद्दत पुग्छ’, उनले भने ।

घिसिङले निर्यातलाई नेपालमा हुने सबै पीपीए र अहिलेसम्मको निर्माणको ट्रेण्ड हेर्दा यो वर्ष ७ देखि ८ सय मेगावाट बिजुली उत्पादन हुन सक्ने बताएका छन् । ‘रन अफ रिभरमा बनेका जलविद्युत्ले नै सुक्खायामलाई धान्न सहयोग गर्न सक्छन्, अघिल्लो वर्षको तुलनामा गत आवमा वर्षको तुलनामा ५० प्रतिशतले उत्पादन र उपभोग २५ प्रतिशतले बढेको देखिएको छ’, उनले भने ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्