Ad imageAd image

म्हेपीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ

Khabar Khurak
Khabar Khurak १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत दुई जना रहेका छन् । उनीहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।  विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझीले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्