राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी नेपाली कांग्रेस संसदीय दलको नेतामा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन् ।
देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको रायमाझीका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्