प्रदेश १ प्रदेश सभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रवारदेखि शुरु हुने भएको छ । गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेश सभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
लामो समयदेखि स्थगन भएपछि प्रदेश सभामा पेश हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ । बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्