अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा फेला परेका छन्। मंगलबार राति करीब करिब ११ बजेतिर २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो। उनी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए।
अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै सडकको नालीमा धामी मृत भेटिएका थिए ।
मृत भेटिएका धामीको टाउकोमा चोटपटक लागेको डाँगीले बताए । सडकमाथिको ठूलो भिरबाट लडेको हुन सक्ने प्रहरीको शंका छ। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको डाँगीले बताए ।
प्रतिक्रिया दिनुहोस्