Ad imageAd image

महाअभियोग सिफारिस समितिले आज चोलेन्द्रशम्शेर जबराको बयान लिंदै

खबर खुराक
खबर खुराक १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

१५ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज बुधबार बयान लिँदैछ ।

सिफारिस समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जबरालाई उपस्थित गराएर बयान लिने तयारी समितिको छ ।

आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् ।

- Advertisement -
Ad image

महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ । विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्