तीजमा नाचगान गरिरहेका बेला चट्याङ पर्दा दुईजनाको मृत्यु

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलवार राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्