काठमाडौं वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको  बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताए ।  कक्षा १२ मा अध्ययनर विद्यार्थीहरुको बिचमा मंगलबार विवाद भएको थियो । स्थानियले काठमाडौंबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

कक्षा १२ मा अध्ययनर विद्यार्थीहरुको बिचमा मंगलबार विवाद भएको थियो । स्थानियले काठमाडौंबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्