Ad imageAd image

चोलेन्द्रसँगको बयानमा मिडियालाई समितिमा प्रवेश दिनुपर्छ– विष्णु पौडेल

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध महाभियोग सिफारिस समितिमा मिडियालाई प्रवेश दिनुपर्ने बताएको छ । समितिका सदस्य एमाले उपाध्यक्ष विष्णु पौडेलले मिडियाको उपस्थितिले प्रश्न सोध्नेलाई पनि जिम्मेवार बनाउने उनको भनाइ थियो । चोलेन्द्रसँगको बयानमा मिडियालाई प्रवेश दिने नदिने विषयमा समितिमा छलफल चलिरहेको छ ।

समितिमा एमालेको नेतृत्व गरेका पौडेलले संसदीय समिति खुला रहने परम्परा रहेको भन्दै मिडियालाई रोक्न नमिल्ने बतएका हुन् । मिडियालाइ प्रवेश दिने कि नदिने भन्नेमा समिति सदस्यहरू एकमत नहुँदा ११ बजेका लागि बोलाइएका चोलेन्द्र अहिले संसद सचिवालयको एउटा कोठामा बसिरहेका छन् ।समितिका जेष्ठ सदस्य कांग्रेस सांसद रामबहादुर विष्ट सभापति रहेको समितिमा चोलेन्द्रले आफूमाथि लागेको आरोपबारे जवाफ दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्