एक्लै जित्ने क्षेत्र नछोड्न देउवालाई काँग्रेस नेताहरुको सुझाव

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका शीर्ष नेताहरुले काँग्रेसल एक्लै जित्न सक्ने क्षेत्र नछोड्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुले काँग्रेसले एक्लै जित्ने क्षेत्रलाई नछोड्न सुझाएका हुन् ।

सत्ता गठबन्धन गर्दा २०७४ सालको समानुपातिक मतलाई समेत आधार बनाउन नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य सुनीलबहादुर थापाले बताए । ‘हामीले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेका थियौ । सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा कस्तो खालको बेन्च मार्क बनाउने भन्ने विषयमा छलफल भयो’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘अब सीट बाँडफाँट गर्दा २०७४ सालमा काँग्रेसले पाएको समानुपातिक मतलाई समेत आधार बनाइनुपर्छ, त्यसलाई आधार बनाए सीट बाँडफाड गर्नुपर्छ । काँग्रेसले एक्लै जित्न सक्ने क्षेत्र नछोड्न सुझाव दिनुभएको छ ।’

यस्तै गत वैशाख ३० गतेको स्थानीय चुनावको क्षेत्रलाई समेत आधार बनाइनुपर्ने सुझाव दिएका छन् । काँग्रेसले कुन–कुनलाई आधार बनाई बेन्च मार्क बनाउने भन्ने विषयमा काँग्रेस नेताहरुले सुझाव दिएका छन् । काँग्रेस नेताहरुको सुझावका आधारमा गठबन्धनका शीर्ष नेताहरुले भागवण्डा टुंगो लगाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्