सेन्ट्रल प्लाजाको नक्सा हेरेर फर्कियो काठमाडौं महानगरको टोली

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

१५ भदौ, काठमाडौं । नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको काठमाडौं महानगरपालिकाको टोली कुनै कारबाहीविना फर्किएको छ ।

नक्सा अनुसार अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न पुगेको वडा कार्यालयका प्रतिनिधि र नगर प्रहरीको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाएको थियो ।

त्यसपछि महानगरपालिकाको टोली फर्किएको हो । सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने  नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्