५ दलीय गठबन्धन जनताको रगत चुस्न बनेको हो : केपी ओली

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए ।

‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नसकेको र फुट्न पनि नसकेको बताए ।‘जुटेका पनि छैनन् फुट्ने ल्याकत पनि छैन । जेजस्तो भएपनि यी यहीँ बस्नेवाला छन्, त्यही भएर देशभरका जनता अरू पार्टी छोडेर एमालेमा ओइरो लागेका छन् ।’

प्रतिक्रिया दिनुहोस्