थप एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु

Khabar Khurak
Khabar Khurak १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२४ तथा एन्टीजेन विधिबाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ

प्रतिक्रिया दिनुहोस्