गिरिको स्मृतिमा नेविसंघले देशभर दीप प्रज्वलन गर्ने

Khabar Khurak
Khabar Khurak १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औं पुण्यतिथिमा बिहीवार देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बुधवार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व. नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा बिहीवार साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटिकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित स्व. गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा भदौ ४ गते निधन भएको थियो । भदौ ५ गते उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका स्व. गिरि ४ पटक सांसद बनेका थिए । उनी पछिल्लोपटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनी समाजवादी चिन्तक थिए ।

प्रतिक्रिया दिनुहोस्