सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

Khabar Khurak
Khabar Khurak १६ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।  सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्